काठामण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
आज सोमवार काठमाण्डाैमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले कोरोनाका कारण आमा–बुबा गुमाएका बालबालिकाकाे शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान सुरु गरेको बताउनुभयो ।
महामन्त्री थापाले बालबालिकामा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकालाई उचित शिक्षा दिनका लागि अभियानले काम गर्ने बताउनुभयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘यस्तो कुरा एकदमै धेरै मान्छेलाई परेको छ । जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ । आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरू पनि थुप्रै समस्या हुन्छ ।
बा–आमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ । सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदै छ । कोरोनाका कारण आमाबुबा गुमाएका वा अभिभावकविहीन बालबालिकाको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट याे अभियान सुरु गरिएकाे हाे । समाजप्रति भरोसा ल्याउनका निम्ति यो अभियान सुरु गरिएको हो ।
पारदर्शी तरिकाबाट साथीहरूले चलाउनु हुनेछ । नेपालीहरूले आफैँ मिलेर पनि यस्ताे अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो ।’
भरोसा छात्रवृत्ति अभियान सात वटै प्रदेशका दुई/दुई वटा जिल्लामा सुरु हुनेछ । ती जिल्लामा कोरोनाका कारण आमाबुबा गुमाएका विद्यार्थीको शिक्षाका लागि सहयोग गर्ने र आवश्यकताका आधारमा डिश होमको नेटवर्कबाट छात्रवृत्ति रकम उपलब्ध गराउने महामन्त्री थापाले बताउनुभयो ।
।