सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको बैजनाथमा आजदेखि निःशुल्क आँखा शिविर शुरु

बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा सोमवारदेखि निःशुल्क आँखा शिविर शुरु भएको छ ।

पुष २१ गतेसम्म चल्ने शिविर फत्तेवाल आँखा अस्पताल फुलटेक्रा नेपालगञ्जको आयोजना र तेज कोहली रुइत फाण्डेशन काठमाण्डौको सहकार्यमा आयोजना गरिएको हो ।

सोमवार पहिलो दिन स्वास्थ्य चौकी चिसापानीमा शिविर भइरहेको छ । ४० वर्ष भन्दा माथिका व्यक्तिहरुका लागि विशेष लाभदायी रहेको यो शिविरमा मोतिविन्दु अप्रेशनका लागि छनौट भएका विरामीले फत्तेवाल आँखा अस्पतालमा निःशुल्क सेवा पाउने छन् ।

तर अप्रेशसनका लागि अस्पतालमा गरिनु पर्ने प्याथोलोजी जाँचका लागि दुई हजार र बी स्केन जाँचका लागि दुई हजार पाँचसय रुपैयाँ शुल्क लाग्नेछ ।

त्यस्तै १३ गते वडा कार्यालय डिघिया, १४ गते वडा कार्यालय नौवस्ता, १५ गते वडा कार्यालय वानियाभार, १८ गते प्राथमिक स्वास्थ्य केन्द्र बनकटवा, १९ गते सम्झना आधारभूत विद्यालय सम्झना चोक, २० गते वडा कार्यालय पेडारी र २१ गते स्वास्थ्य चौकी टिटिहिरियामा आँखा शिविरको आयोजना गरिएको छ ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार १७:३५