सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज उद्योग बाणिज्य संघ

नेपालगञ्जमा माघ १५ गतेदेखि उद्योग व्यापार महोत्सव सञ्चालन हुने

महोत्सव २५ गतेसम्म लगाउने

बाँके । नेपालगञ्जमा उद्योग व्यापार महोत्सव लाग्ने भएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघले व्यापार महोत्सव लगाउने औपचारिक निर्णय गरेसँगै व्यापार महोत्सव लाग्ने निश्चित् भएको हो ।

यही माघ १५ गतेदेखि महोत्सव लगाउने निर्णय भएको उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले जानकारी दिए । महोत्सव २५ गतेसम्म लगाउने गरी तयारी शुरु गरिएको छ ।

कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि नेपालगञ्जमा व्यापार महोत्सव लागेको छैन । अब्दुल वाहिद मन्सुरीले संघको नेतृत्व लिएसँगै भाइरस संक्रमणको महामारी फैलिएकाले संघले उद्योगी व्यवसायीको क्षेत्रमा पनि उल्लेखनीय काम गर्न सकेको छैन् ।

महोत्सवकै तयारी गर्नुपर्ने भएकाले संघले आफ्नो साधारणसभा समेत तत्कालका लागि स्थगित गर्दै यही पुष १७ गते स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको महासचिव ओलीले बताए ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार १७:२८