सूचनाको शक्ति - The Power Of Information

        

जाडो बढ्दो छ, नेपालगञ्जको तापक्रम कति पुग्यो? (सूची)

बाँके । दिनप्रतिदिन देशभर चिसो बढ्दो छ।

तर मौसमविद्का अनुसार मौसम बदली हुँदा बिहानको अर्थात् न्यूनतम तापक्रम केही बढ्ने र दिउँसोको अर्थात् अधिकतम तापक्रम केही घट्ने सम्भावना हुन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परिरहेको छ।

जसले गर्दा आज सोमबार बिहानैदेखि देशभर मौसम बदली भएको छ।

यसै क्रममा महाशाखाले आज बिहानको न्यूनतम तापक्रमको सूची सार्वजनिक गरेको छ। अधिकत तापक्रम भने दिउँसो २ बजेपछि मात्र मापन गरिनेछ।

हेर्नुहोस् सोमबार बिहान मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको न्यूनतम (आज) र अधिकतम तापक्रम (हिजो) को विवरण

 

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार ११:०३