सूचनाको शक्ति - The Power Of Information

        

उच्च अंकले बढ्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा आइतबार पनि उछाल आएको छ ।

बजार परिसूचक नेप्से ७१ अंकले उकालो लागेर २५ सय ९१ पुग्यो ।

यस दिन कारोबार पनि बढेर ५ अर्ब माथि पुग्यो । जलविद्युत र वित्त समूह सामान्य अंकले रातो रहे बाहेक अरु सबै समूह उकालो लागे ।

निर्जीबन बीमा समूहमा ९ सय अंक बढीको उच्च बृद्धि आयो । उत्पादनमूलक समूह पनि साढें ३ सयले उक्लियो । लघुवित्त समूह पनि पौने दुई सय अंकले बढ्यो ।

अरु पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३१ कम्पनीको ८६ लाख बढी कित्ता शेयर ५ अर्ब १७ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रकाशित मिति : ११ पुष २०७८, आइतवार १७:२६