सूचनाको शक्ति - The Power Of Information

        

१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडौं ।  १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

यूएईको सारजाहमा आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । अङ्कविहीन नेपाल समूह ‘बी’ को पुछारमा छ ।

पहिलो खेलमा कुवेतलाई हराएको श्रीलङ्काको दुई अङ्क छ । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि कुवेतसँग खेल्नेछ ।

प्रकाशित मिति : ११ पुष २०७८, आइतवार ०८:३७