सूचनाको शक्ति - The Power Of Information

        

आयआर्जन लागि दलित परिवारलाई बाख्रा

बाँके । राप्तीसोनारी गाउँपालिका–६ का दलित समुदायका व्यक्तिलाई आयआर्जनमा सघाउ पुगोस् भनेर स्थानीय सरकारले बाख्रा वितरण गरेको छ । राप्तीसोनारी गाउँपालिका–६ नम्बर वडा कार्यालयले खरी जातको लोकल बाख्रा वितरण गरेको हो ।

बाख्रा पाएपछि दलित समुदायका परिवार खुशी भएका छन् । वडा कार्यालयले १० जना दलित परिवारलाई प्रतिपरिवार रु.१० हजार बराबरका बाख्रा वितरण गरेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकबहादुर थारुले बताए ।

उनका अनुसार हाल १० जना दलित परिवारलाई प्रति परिवार एउटाका दरले बाख्रा वितरण गरेको र बाँकी पाँच जना परिवारका लागि बाख्रा खरीद गरी छिट्टै बाख्रा वितरण गरिने पनि वडाध्यक्ष थारुले जानकारी दिए ।

दलित परिवारलाई आर्थिकरुपमा सबल बनाउन बाख्रा वितरण गरिएको वडाध्यक्ष थारुले बताए । वडापालिकाको लक्षित वर्गका लागि आयआर्जन कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएको पनि उनले जानकारी दिए ।

बाख्रापालनले दलित परिवार आर्थिकरुपमा सबल बन्ने विश्वास व्यक्त गर्दै वडाध्यक्ष थारुले वितरण गरिएका बाख्राले आयआर्जनमा सहयोग पुग्ने बताए । आयआर्जनको कुनै स्रोत नभएको दलित परिवार बाख्रा पाउँदा हर्षित भएका छन् ।

वडापालिकाभित्र रहेका अतिविपन्न दलित परिवारलाई छनौट गरेर उनीहरुको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले वडाले बाख्रा उपहार प्रदान गरिएको वडा नं. ६ का सचिव रुपेशकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १० पुष २०७८, शनिबार १०:४७