सूचनाको शक्ति - The Power Of Information

        

बलिउड फिल्म निर्देशक सेतुमाधवनको निधन

काठमाडौं । भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन भएको छ ।

९० बर्षका निर्देशकको चेन्नईमा निधन भएको हो । उनी उमेर सम्बन्धी बिमारीबाट पिडित रहेका थिए ।

सेतुमाधवनको निधनले उनका फ्यान, सहकर्मी लगायतलाई दुखी बनाएको छ । अभिनेता कमल हासनले एक ट्वीट गर्दै सेतुमाधवनका निधन प्रति शोक ब्यक्त गरेका छन् ।

सेतुमाधवनले आफ्नो फिल्मी करियरमा मलयालम, तमिल, तेलुगु र हिन्दी फिल्मका निर्देशन गरेका छन् । फिल्मको योगदानका लागि उनलाई केरल सरकारले फिल्म क्षेत्रको सर्वाेच्च सम्मान ‘जेसी डैनियल पुरस्कार’ दिएको थियो ।

सेतुमाधवनको जन्म १९३१ मा केरलको उत्तरी पालक्कड जिल्लामा भएको थियो ।

प्रकाशित मिति : १० पुष २०७८, शनिबार ०९:१८