सूचनाको शक्ति - The Power Of Information

        

रुघाखोकी जस्तै लाग्ने ओमिक्रोनका २ लक्षण

काठमाडौं । कोरोना महामारीको पछिल्लो लहरमा चिसो लाग्ने, खोकी, ज्वरोलाई सामान्य लक्षण मानिन्छ ।

चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो समस्या हुने गर्छ । वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा देखिने समस्याहरु जस्तै हुन्छ । यस्ता लक्षणहरुलाई समयमा नै चिनेर यसबाट बच्न सकिन्छ ।

ओमिक्रोनको दुई लक्षण 
ओमिक्रोनको विषयमा विभिन्न अध्ययन भइरहेका छन् । विशेषज्ञका अनुसार ओमिक्रोन अन्य भेरियन्टभन्दा फरक छ । अलग–अलग भेरियन्टमा अलग–अलग लक्षण देखिन्छ ।

ओमिक्रोनको लक्षण चिसो लागेको समयमा देखिने जस्तै लक्षणहरु देखिन्छन् । जस्तै, सामान्य ज्वरो, रुघाखोकी, हल्का टाउको दुख्नुका साथै थकान । यो लक्षणहरु विस्तारै बढ्दै जाने भएकाले यसलाई समयमा नै चिन्न सक्नुपर्छ ।

प्रकाशित मिति : १० पुष २०७८, शनिबार ०९:१६