सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज शनिवार बस्दैछ।

कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक दिउँसो १ बजे बस्ने कांग्रेस कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

बैठकमा सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ। कांग्रेसले बैठकको निर्णयसहित शनिबार नै आयोगमा राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने सचिव रिजालले बताए।

आयोगले यसअघि सो प्रयोजनका लागि यही पुस १० गतेसम्म अन्तिम म्याद तोकी सूचना प्रकाशन गरेको थियो। कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका थिए।

यसैगरी, केन्द्रीय सदस्य खुलातर्फ (३५ जना) डा शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जीतजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा निर्वाचित भएका छन् ।

त्यस्तै नैनसिंह महर, दिलेन्द्रप्रसाद बडू, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजीव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन्।

केन्द्रीय सदस्य (महिला खुला) तर्फ नौ जनामा डा डिला सङ्ग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य र रंगमती शाही निर्वाचित भएका छन्।

केन्द्रीय सदस्य आदिवासी–जनजाति १५ (सात महिलासहित) सिटमा चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगालक्ष्मी अवाल, माया राई, सीता राना र सुशीला थिङ निर्वाचित भएका छन्।

केन्द्रीय सदस्य खस–आर्य १३ जना (६ महिलासहित) मा केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना निर्वाचित भएका छन्।

दलिततर्फ नौ (चार महिलासहित) सिटमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक निर्वाचित भएका छन्।

यस्तै, केन्द्रीय सदस्य मधेशीतर्फ नौ जना (चार महिलासहित) मा अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव तथा थारूतर्फ चार सिटमा (दुई महिलासहित) रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना निर्वाचिन भएका थिए।

केन्द्रीय सदस्य मुस्लिमतर्फ तीन सिट (एक महिलासहित) मा अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन, अल्पंख्यकतर्फ एक सिटमा प्रदीपकुमार सुनुवार, अपांगता भएकातर्फ एक सिटमा मदनकृष्ण श्रेष्ठ, पिछडिएको क्षेत्रतर्फ एक सिटमा अर्जुनबहादुर सिंह निर्वाचित भएका कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको विधानअनुसार प्रत्येक प्रदेशबाट एक महिलासहित तीन केन्द्रीय निर्वाचित हुने प्रावधानअनुसार प्रदेश १ बाट अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू, प्रदेश २ बाट रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव, बागमती प्रदेशबाट राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी निर्वाचित भएका छन्।

प्रकाशित मिति : १० पुष २०७८, शनिबार ०८:५७