सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य २०० रुपैयाँले घट्यो

काठमाडौँ । सुनको मूल्य २०० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैँया कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १७:५७