सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

थप २ सय ९३ जनामा काेराेना पुष्टि, २ लाख ८२ हजारले खाेप लगाए

दुई सय ६३ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई लाख ८२ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप दुई लाख ८२ हजार ६ सय जनाले खोप लगाएसँगै नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९८ लाख ३८ हजार दुई सय जनाभन्दा धेरै पुगेकाे छ ।

यस्तै एक करोड २६ लाख ७२ हजार चार सयभन्दा धेरै जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । सरकारले अहिले १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइरहेको छ ।

बालबालिकालाई स्कुलमै पुगेर खोप दिने क्रम चलिरहेको छ । १८ वर्षमाथिका नागरिकलाई भने सरकारले पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गर्दै आएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६ सय २६ जनाको नमुना परीक्षण गर्दा दुई सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय ६३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख नौ हजार नौ सय २२ पुगेको छ । यही अवधिमा दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८१ पुगेको छ ।

अहिले नेपालमा पाँच हजार एक सय ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : ८ पुष २०७८, बिहीबार १८:३९