काठमाडौं । करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकार आबद्ध संयुक्त विद्यार्थी संगठनले आन्दोलनलाई थप कडा पार्ने निर्णय गरेका छन् ।
६ विद्यार्थी संगठनले भोलि पुस ९ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बन्द गर्ने घोषणा गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले त्रिवि सभाको मंसिर १४ गतेको बैठकले गरेको निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हो । नेपाल समाचारपत्रमा खबर छ ।
।