सूचनाको शक्ति - The Power Of Information

        

बेपत्ता भएको पाँच दिनपछि बालिका मृत फेला

बर्दिया । गत शनिबारदेखि बेपत्ता भएकी ६ वर्षिया बालिका बुधबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । बारबर्दिया नगरपालिका-९ कि देविका खनाल शनिबार साँझ खेल्न घरबाट बाहिर निस्केपछि बेपत्ता भएकी थिइन ।

 

प्रहरी निरीक्षक चक्र डम्बर पालका अनुसार उनको शव बैदीस्थित बबई नदीको नहरमा मृत अवस्थामा फेला परेको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पालले जनाए ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार १७:३८