सूचनाको शक्ति - The Power Of Information

        

जनकपुरमा कांग्रेस कार्यकर्ताबीच मुक्का हानाहान

काठमाडौँ । नेपाली कांग्रेसको प्रदेश-२ को  अधिवेशनका क्रममा बुधबार कार्यकर्ताहरूबीच मुक्का हानहान भएको छ।

बुधबार साँझ मतदानस्थल गोपाल धर्मशालामा नारा लगाइरहेका दुई पक्षका कार्यकर्ताबीच मुक्का हानाहान भएको हो।

प्रदेश २ मा सभापति शेरबहादुर देउवा समूह एकातिर छ भने र चौधौं महाधिवेशनबाट सभापति पराजित शेखर कोइराला र विमलेन्द्र निधिको अर्को समूह बनेको छ।

देउवा पक्षले आजै चुनाव गराउन चाहेको छ भने कोइराला-निधि पक्षले राति चुनाव गर्न नहुने माग गरिरहेको छ। एक पक्षले निर्वाचन रोक्ने र एक पक्षले गराउन नाराबाजी गरेपछि विवाद भएको कांग्रेसका धनुषा सभापति महेशशंकर गिरीले जानकारी दिए।

दिउँसो चार बजेदेखि मतदान हुने भनिए पनि प्राविधिक कारण भन्दै अहिलेसम्म मतदान सुरू भएको छैन।  यसअघि दिउँसो १ बजेदेखि मतदान हुने कार्यतालिका थियो।

राति चुनाव हुँदा प्रहरी प्रशासनको दुरूपयोग हुन सक्ने भन्दै कोइराला-निधि पक्षले बिहीबार बिहानमात्रै मतदान सुरू गर्नुपर्ने माग गरिरहेको छ।

कोइराला-निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् भने देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादवले उम्मेदवारी दर्ता गरेका छन्।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार १७:३०