सूचनाको शक्ति - The Power Of Information

        

२५९८ निमावि शिक्षकका लागि जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले दुई हजार ५९८ शिक्षक माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ ।

निमावि तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले दुई हजार ५९८ जनाका लागि आवेदन माग गरेको छ । खुला र समावेशी दुवैतर्फ स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ ।

एक महिनाभित्र आवेदन दिन सकिनेछ । परीक्षा चैत १७ गते हुने सूचनामा उल्लेख छ । परीक्षा केन्द्र पनि तोकिएको छ ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ०८:४०