सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा २ सय ९० जना सङ्क्रमित थपिए

काठमाडाैं । पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १७ हजार ८९ जनाको नमुना परीक्षण गर्दा दुई सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

याेसहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ लाख नाै हजार तीन सय ८७ जना र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९६ हजार २१ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख नौ हजार तीन सय ८७ जना पुगेको छ ।

यही अवधिमा तीन जना सङ्क्रमितले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ७७ पुगेको छ । अहिले नेपालमा पाँच हजार दुई सय ४२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार आठ सय १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ९७ लाख ३७ हजार तीन सय ३३ जनाले पूर्ण मात्रा र एक करोड २२ लाख ५१ हजार एक सय ८३ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म तीन करोड ८५ लाख ३९ हजार तीन सय ६७ मात्रा खोप प्राप्त भएकोमा दुई करोड १९ लाख ८८ हजार पाँच सय १६ मात्रा खोप प्रयोग भएको छ ।

अहिले १२ वर्षमाथिका सबैका लागि खोप अभियान चलिरहेको छ । धेरै खोप भण्डारणमा रहेको भन्दै सरकारले खोप लगाउन छुटेकाहरूलाई पायक पर्ने ठाउँमा गएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १७:३५