काठमाडाैं । फिलिपिन्समा हालैको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्ने क्रम जारी छ ।
स्थानीय प्रहरीका अनुसार आँधीका कारण अहिलेसम्म कम्तीमा ३७५ जनाको मृत्यु पुष्टि भएको हो ।
गएको बिहीबार आएको सुपर टाइफुन राईका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राई आँधीका कारण करिब १९५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो।
आँधीका कारण कम्तीमा ५०० जना घाइते भएका छन् । अझै ५६ जना बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ ।
फिलिपिन्सको दक्षिण पूर्वी टापु क्षेत्रमा आँधीले बढी क्षति गरेको छ । त्यहाँका तीन लाख भन्दा बढी मानिस सुरक्षित स्थानमा जान बाध्य भएका थिए ।
आँधीका कारण ठूलो मात्रामा भौतिक क्षति भएको छ ।
।