सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली आज बङ्गलादेश जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछन् ।

बङ्गलादेशमा भोलिदेखि १४ गतेसम्म हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक तथा अफिसियल त्यसतर्फ जान लागेको हो ।

नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताएका छन् ।

आइतबार युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले बङ्गलादेश जाने टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार ०९:५४