सूचनाको शक्ति - The Power Of Information

        

१७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी

काठमाडौं । शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो ।

आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई साताभित्र सबै तहको विज्ञापन खुला भइसक्ने जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार ०९:४९