काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ३५ जना खुला केन्द्रीय सदस्यको अन्तिम परिणाम आएको छ ।
निर्वाचन समितिका अनुसार डा. शशांक कोइराला ३८३६ मतसहित एक नम्बरमा रहेर विजयी भएका छन् ।
यस्तै एनपी साउद दोस्रो नम्बरमा रहेर विजयी हुँदा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण तेस्रो नम्बरमा छन् ।
चौथो नम्बरमा युवा उदय शमशेर राणा छन् भने अर्का युवा नेता रामहरि खतिवडा ५ औँमा छन् ।
यस्तै छैटो नम्बरमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।
३५ औँ नम्बरमा रहेर कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् ।
।