सूचनाको शक्ति - The Power Of Information

        

सर्वदलीय बैठक सुरु, एमाले सहभागि भएन

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाउको सर्वदलीय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी रहेका छन् ।

संसदको अवरोध खुलाउने विषय र एमसीसी सम्झौता अनुमोदनका बारेमा छलफल गर्न बैठक डाँकिएको हो ।

तर बैठकमा संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले भने सहभागि भएको छैन । नेकपा एसलाई मान्यता दिन अस्वीकार गरेको एमालेले सभामुखले निष्पक्षता नदेखाएको भन्दै संसद अवरुद्ध गर्दै आएको छ ।

यस्तै सर्वदलीय बैठक अघि सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

बैठकले गत भदौ २३ गतेदेखि संसदमा एमालेले गरेको अवरोध खुलाउने विषयमा छलफल गर्ने भएको छ।

त्यसैगरी अमेरिकी परियोजना एमसीसीबारे पनि बैठकमा साझा धारणा बनाउने तयारी छ। सत्ता साझेदार माओवादीले आफ्नो राष्ट्रिय सम्मेलनअगाडि एमसीसी संसदमा अघि बढाउन नहुने अडान लिएको छ।

प्रकाशित मिति : ४ पुष २०७८, आइतवार १८:००