बाँके । बाँकेमा आइतवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
मेडिकल कलेज कोहलपुरमा ७ नमुना परीक्षण गर्दा २ जनामो संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै बागेश्वरी ल्याबमा ४१ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमण पुष्टि भएका दुबै जना बाँकेका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९१ पुगेको छ ।
।