सूचनाको शक्ति - The Power Of Information

        

बिहानैदेखि हुस्सु र कुहिराे, कस्ताे रहला आज दिनभरकाे माैसम ?

काठमाडौं । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

चिसो बढ्ने क्रममा रहेको र यो क्रम अझै केहीदिन चल्ने हुँदा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् ।

महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

अहिले बिहान पहाडी भू–भागहरूमा आंशिक  बदली  रही सुदूरपश्चिम, लुम्बिनीसहित तराईका भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

प्रकाशित मिति : ४ पुष २०७८, आइतवार १०:२८