सूचनाको शक्ति - The Power Of Information

        

नेपाल स्काउट सुदुरपश्चिम प्रदेशद्धारा पोसाक वितरण

बझाङ । नेपाल स्काउट सुदुरपश्चिम प्रदेशको आयोजनामा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका स्थित बालमन्दिर आधारभुत विध्यालयमा पोशाक वितरण भएको छ ।

१६ जना छात्र,१६ जना छात्रा गरि ३२ जना विद्यार्थीहरुलाई स्काउट पोसाक बितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएको जयपृथ्वी नगरपालिका मेयर विरेन्द्र खड्काले स्काउट बालबालिकालाई स्काउट पोशाक वितरण कार्यक्रममा बोल्दै बालबालिका तथा युवा वर्गलाई शरिरिक, मानसिक र बौदिक विकास गरी तिनिहरुलाई अनुशासित र स्वावलम्बी बनाई देश विकासको कार्यमा सहभागि गराउन नेपाल स्काउले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

कार्य्रक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारीे रामराज गौतमले अहिलेको समाज र बालबालिका अलिकति बिचलित भै स्वयंमसेवक भावना हराएको बताउदै अहिलेको समयमा स्काउटिङ शिक्षा अनिवार्य रहेको र बालबालिका शिक्षित भए मात्रै समाज सभ्य बन्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै बालमन्दिर आधारभुत विध्यालयका प्रधानाध्यापक टेक बहादुर सिंहले बालबालिकाले सानै उमेर देखी सामाजिक सेवाभाव प्रति आकर्षित गराउन,शान्ति, शुशासन, मेलमिलापका बारेमा बुझाउन स्काउटले भुमिका खेलेको बताउदै सामाजिक सेवाभावको शिक्षा अहिले आवश्यकता रहेको भन्दै पोसाक वितरण गरेकोमा नेपाल स्काउट परिवारलाई धन्यवाद दिनुभयो ।

कार्यक्रका सभापती तथा नेपाल स्काउटका जिल्ला अध्यक्ष शिक्षा प्रेमीजोशीले स्काउटहरुलाई तालिमको अभाव भएको र अब एक घर एक स्काउटको अभियान थालनी गर्न लागेकाले यसमा सबैले सहयोग गनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ४ पुष २०७८, आइतवार ०८:३९