सूचनाको शक्ति - The Power Of Information

        

भोली सेयर बजार बन्द

काठमाडौं । भोली आइतबार सेयर बजार बन्द रहने भएको छ ।

सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द रहने भएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

सरकार मन्त्रिपरिषद्को पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाण्डौ उपत्यकामा लागू हुने गरी सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३ पुष २०७८, शनिबार ११:२८