सूचनाको शक्ति - The Power Of Information

        

थप २२४ मा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा १११, भक्तपुरमा २० र ललितपुरमा ३० जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७० पुगेको छ।

शुक्रबार २७० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ५२२ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ६ सय ९१ पीसीआर तथा १ हजार ३ सय २५ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १७:५८