काठमाडौं । नेकपा एमालेले पार्टीको अन्तर्पार्टी निर्देशन (अपानि)-१ जारी गरेको छ।
महासचिव शंकर पोखरेलले अपानि-१ जारी गर्दै केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुलाई पठाइएको जानकारी दिएका हुन् ।
‘अन्तर्पार्टी निर्देशन–१ जारी भएको छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केन्द्रीय पदाधिकारी तथा सदस्य कमरेडहरु र प्रदेश तथा जिल्ला कमिटीले पाउनेगरी मेलमा पठाइएको छ ।’
एमालेले अन्तर्पार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।
हेर्नुहोस् कसलाई के जिम्मेवारी विवरणसहित
।