सूचनाको शक्ति - The Power Of Information

        

तीन सहमहामन्त्रीको मतपरिणाम :

कांग्रेसको सह महामन्त्रीमा उपाध्याय, आङ्देम्बे र परियार निर्वाचित

कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको सह महामन्त्री पदमा तीन जना निर्वाचित भएका छन् ।

बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय ९डीना०, भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन् ।

उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार डा। शेखर कोइराला समूहका हुन् ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्त गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २५३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २१०५ मत प्राप्त गरिन् ।

आङ्देम्बेले २७११ मत पाए । उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत प्राप्त गरे । परियारले २२१२ मत पाए भने मानबहादुर विश्वकर्मा २१७५ मतमा पराजित भए ।

८ जना सहमहामन्त्री रहेको कांग्रेसमा मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खसरआर्यको मतगणना शुक्रबार विहानदेखि हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार ०७:३५