काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । दुईजना सभापतिका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाए भने गुरुङले १९०८ मत पाए । तेस्रो स्थानमा रहेका विजयकुमार गच्छदारले १९०६ मत पाए । उनी ८ मतले पराजित भएका छन् । चौथो स्थानमा रहेका डा। चन्द्र भण्डारीले १५८० मत पाए ।
झिनो मतान्तरले पराजित भएपछि गच्छदारले मत परिणाम घोषणा गर्न निर्वाचन समितिलाई रोकेकाले औपचारिक घोषणा हुन बाँकी रहेको छ । आफै मतगणना स्थल पार्टी कार्यालयमा उपस्थित हुने आफ्ना प्रतिनिधिलाई गच्छदारले सन्देश पठाएको बुझिएको छ ।
खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन् । देउवा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन् ।
उपसभापतिमा विजयी खड्का निवर्तमान महामन्त्री हुन् भने गुरुङ केन्द्रीय सदस्य थिए । गुरुङ नेविसंघका पूर्व अध्यक्ष हुन् ।
।