सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस महाधिवेशन :

कांग्रेस उपसभापति पदको मतगणना शुरु, तीन ठाउँमा गनिँदै

उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् ।

जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् ।

त्यस्तै महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् । १४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।

उपसभापति पदको गणना सकिएपछि महामन्त्री पदको मतगणना शुरु गर्ने निर्वाचन समितिका सदस्य सीताराम केसीले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १८:२८