सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासकीय निर्माणाधीन भवनको अनुगमन

सम्झौता अवधिमा निर्माण सम्पन्न गर्न निर्देशन

बाँके । बाँकेको नरैनापुर गाउपालिकामा निर्माणाधीन गाउँपालिकाको प्रशासकीय भवनको गाउपालिकाले अनुगमन गरेको छ ।

निर्माण भइरहेको भवनको गाउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत लगायतले अनुगमन गरेका हुन् ।

६ करोड ८० लाखको लागतमा बन्न लागेको भवन अनुगमनका क्रममा वडा शध्यक्ष शाहले निर्माण कार्यमा तिब्रता प्रदान गरि सम्झौता अवधिमा निर्माण सम्पन्न गर्न कडा निर्देशन दिनुभएको छ ।

जुगल प्रतिष्ठा जेवि कम्पनीले भवन निर्माणको काम गरिरहेको छ । १८ महिनामा भवन निर्माण सम्पन्न भईसक्नुपर्नेमा ९ महिना बितिसकेको तर काममा ढिलासुस्ती भएको भन्दै आज गाउँपालिकाको टोलीले अनुगमन गरेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १८:२५