सूचनाको शक्ति - The Power Of Information

        

महिलाले महिलामाथि गर्ने हिंसा घटेको वित्थडचिर गाउँपालिका उपाध्यक्ष बोहराको भनाई

बझाङ । सुदुरपश्चिममा परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् ।

सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट महिला हिंसा न्युनिकरणका लागी अथक प्रयास भए पनि घरेलु हिंसाका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सख्या बर्षेनि बढदै गएको छ ।

घटना सार्वजनिक गर्दा महिलाले थप मानसिक तथा शारीरिक पीडा खेप्नुपर्ने अवस्था सृजना हुने हुँदा हिंसाका घटना बाहिर आउँदैनन् । महिला माथी हुने हिंसाको मुख्य कारण महिलानै हुने गरेका छन् ।

तर बझाङको वित्थडचिर गाँउपालिकामा महिला माथी हुने हिंसा घटदै गएका छन् । गाँउपालिकाको वडा नं १ मा महिला हिंसा न्युनिकरणका लागी गाउँपालिकाले सासु बुहारी कार्यक्रम ल्याए देखि हिंसाका घटनामा कमि आएको वित्थडचिर गाँउपालिका वडा नं १ का वडाध्यक्ष धन बहादुर बोहराको बताउनुभयो ।

घर भित्र अनेक लाल्छना लगाएर सासुले बुहारी माथी हिंसा गर्ने, बुहारीले सासु माथी हिंसा गर्नेक्रम बढदै गएको गुनासो बढे पछि वडाध्यक्षले न्यायिक समिति संगको परामर्शमा सासु बुहारीको सम्बन्ध राम्रो बनाउनका लागी सासु बुहारी विच अन्र्तक्रिया कार्यक्रम गर्दे आएको छ ।

कार्यक्रम लागु भएपछि सासु बुहारी विचको सम्वन्ध राम्रो बन्दै गएको र महिलाले महिलामाथि हुने हिंसाका घटनाहरुमा कमि आएको वडाध्यक्ष बोहराको भनाई छ ।

घरभित्र हुने हिंसाका मुख्य कारण महिला नै भएको भन्ने गुनासो बढेपछि आर्थि बर्ष २०७६÷०७७ मा पहिलो पटक वडा नं १ मा सासु बुहारी विच अन्र्तक्रिया गराएर उनीहरुको विच सुमधुर सम्बन्ध कायम गरि हिंसा न्युनिकरण गर्ने प्रयास गरिएको गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक जानकी बोहराले बताउनुभयो ।

कार्यक्रम सुरु हुनु अघि सासुले बुहारी माथी अनेक लाल्छना लगाएर घरमा बस्ने वातावरण नबनाउने, छोरालाई अनेक कुरा लगाएर बुहारीलाई कुटन लगाउने लगाएतका हिंसात्मक गतिविधि गर्ने गरेको पाईएको थियो ।

कार्यक्रम सुरु भएपछि सासु बुहारीलाई संगै राखेर के कारणले घर झगडा हुन्छ र कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्ने गरेका कारण दुबै जनाको बुझाईमा थप प्रष्ट भएपछि विगतको तुलनामा महिलाले महिलामाथी गर्ने हिंसामा ४० प्रतिशत हिंसाका घटनाहरु कम भएको तथा घटेको र सासु बुहारी कार्यक्रम प्रभावकारी भएको गाउँघरका महिलाहरुले भनेपछी अब अन्य वडाहरुमा पनि यो बर्षबाट सुरुवात गर्ने समेत उपाध्यक्ष तथा संयोजक बोहराले बताउनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार १०:३९