सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस महाधिवेशन : राष्ट्रियसभा गृहमा मतदान रोकियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत राष्ट्रियसभा गृहमा जारी मतदान कार्य केही समय रोकिएको छ ।

मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ। यद्यपी भृकुटीमण्डपतर्फको केन्द्रमा भने मतदान जारी छ । अहिलेसम्म १३ सय ६५ मत खसिसकेको छ।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सोमबार बिहानदेखि मतदान जारी छ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार १६:२६