काठमाडौं । भारतकी हरनाज सन्धुले मिस युनिभर्स प्रतियोगिता जितेकी छिन् ।
यो सँगै २१ वर्ष पछि भारतले मिस युनिभर्सको ताज जितेको छ । भारतको पञ्जाब, चण्डीगढकी मोडेल सन्धुले आज इजरायलमा भएको ७०औंँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका गरी ७० जना प्रतिस्पर्धीलाई पछि पारिन् ।
उनले पढाइ सँगसँगै मोडलिङलाई अगाडि बढाउँदै लगेकी छिन् । उनी अहिले डिग्रीको पढाइ पूरा गर्ने तयारीमा छिन् । मिस युनिभर्समा भाग लिनु पहिला उनले चलचित्रमा समेत काम गरेकी थिइन् ।
उनले अभिनय गरेकाे चलचित्र आउँदो वर्ष रिलिज हुने बीबीसी हिन्दीले जनाएको छ । यस अघि सन् २००० मा लारा दत्तले मिस युनिभर्सकाे उपाधि जितेकी थिइन् भने सन् १९९४ मा सुस्मिता सेनले उपाधि हात पारेकी थिइन् ।
।