काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ ।
कांग्रेसको सभापतिका लागि ५ जना चुनावी मैदानमा रहेका छन् ।
महाधिवेशनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङबीच प्रतिष्पर्धा हुन लागेका हुन् ।
३ स्थलमा हुने मतदानका लागि १ हजार १ सय बुथ तयार गरिएका छन्।
शनिबार दर्ता गरेको उम्मेदवारीको आइतबार अन्तिम नामावली सार्वजनिक भएको छ ।
त्यसैगरी सबै उम्मेदवारहरुको आ-आफ्नो प्यानलको अन्तिम नामावली आइसकेको छ ।






।