सूचनाको शक्ति - The Power Of Information

        

देउवाले भेटे पौडेललाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै निवास पुगेर भेटेका छन् ।

प्रधानमन्त्री देउवा र पौडेलबीच पौडेल निवास बोहोराटारमा भेट भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

भेटमा देउवाले ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस्’ भनेको पौडेल निकट स्रोतले बतायो ।

जवाफमा पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए ।

महाधिवेशनमा प्रतिष्पर्धामा रहेकाहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न र कांग्रेसलाई कांग्रेस जस्तो बनाउन पनि पौडेलले भनेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतवार ०८:४१