सूचनाको शक्ति - The Power Of Information

        

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन

सभापति पदमा ६ जनाको उम्मेदवारी, यस्तो छ प्रथम नामावली (सूचीसहित)

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको काँग्रेसको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ ।

केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ । सभापतिमा शेरबहादुर देउवासहित विमलेन्द्र निधि, डा.शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ । उपसभापतिमा महेश अचार्यसहित सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, दिवेश्वरी शाह, विजयकुमार गच्छदार छन् ।

महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा.राजाराम कार्की र प्रदीप पौडेल भिड्ने भएका छन् । महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा.मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा.प्रकाशशरण महत, डा.राजाराम कार्की र प्रदीप पौडेल भिड्ने भएका छन् ।

यस्तो छ प्रथम नामावलीको सूची :

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतवार ०७:०४