सूचनाको शक्ति - The Power Of Information

        

फोनिज बाँके अध्यक्षमा भगतराम चयन

बाँके । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको अध्यक्षमा भगतराम थारु चयन भएका छन् । शनिबार नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाहलमा भएको छैठौं जिल्ला अधिवेशनबाट भगतराम थारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

महासंघको उपाध्यक्षमा सोम गुरुङ, सचिव लक्ष्मी चौधरी, सहसचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष दीपक राई चयन भएका छन् भने सदस्यहरु अशोक थापा, सुबिता थारु, रुपा चौधरी, मस्तीराम चौधरी, सुष्मा श्रेष्ठ र अशोक थापा चयन भएका छन् । अधिवेशनबाट १० जनालाई चयन गरिएको र तीन जनालाई पछि मनोनित गरिने जनाइएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार १७:५९