सूचनाको शक्ति - The Power Of Information

        

शेखर समूहको उम्मेदवारी दर्ता : महामन्त्रीमा मीनेन्द्र रिजाल र गगन थापा

काठमाडौं ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला नेतृत्वको समूहले उम्मेदवारी दर्ता गरेको छ । याे समूहले राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गरेको हो ।

शेखर कोइराला समूहमा उप-सभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै महामन्त्रीमा मीनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिनुभएको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँले उम्मेदवारी दिनुभएको छ ।

चालिसे खसआर्यबाट, लामा जनजाति, पन्त महिला, यादव मधेसी, चौधरी थारु समुदायबाट र मियाँ मुस्लिम समुदायबाट उम्मेदवार बनेका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार १७:३४