सूचनाको शक्ति - The Power Of Information

        

प्रकाशमानको प्यानलबाट उपसभापतिमा सुजाता र महामन्त्रीमा विश्वप्रकाशको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले चयन गरेको स्थान राष्ट्रिय सभागृहमा गएर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सिंहको समूहमा सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिनुभएको छ । यस्तै शेरबहादुर देउवा समूहबाट बाहिरिएका विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ ।

रामचन्द्र पौडेलको समूहमा साझा उम्मेदवार तय हुन नसकेपछि सिंहले छुट्टै समूह बनाएर सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार १७:३१