सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

बैठकमा विभिन्न १५ अजेण्डा तय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शनिवारदेखि सुरु हुँदै छ ।

भोलिसम्म चल्ने बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बिहान ११ बजे सुरु हुने पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकको कार्यसूचीमा बाँकी रहेका केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरुको कार्यविभाजन लगायत रहेका छन् ।

बैठकमा विभिन्न १५ अजेण्डा तय गरिएको कार्यालय सचिव तामाङले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार ०९:०८