सूचनाको शक्ति - The Power Of Information

        

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ६.२ डिग्री

काठमाडौं  । देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

काठमाडौं उपत्यकासहित मुलकभर न्यूनतम तापक्रम घट्न थालेको छ।

यो सँगै चिसो बढेको छ। शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ।

यस्तै जुम्लामा -३.७, जोमसोममा -१  डिग्री सेल्सियस मापन गरिएको छ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

बिहान हुस्सु कुहिरो लाग्ने हुँदा पनि धेरै चिसो महसुस हुने महाशाखाले जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन मौसम सफा रहने सम्भावना रहेको छ।

आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर २४ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ मंसिर २५ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ मंसिर २६ गते (आईतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही  बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।
रातीः देशको  सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार ०९:१८