सूचनाको शक्ति - The Power Of Information

        

नयाँ पार्टी खोल्दै रमेश खरेल, आजै घोषणा

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेल आज नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन् । खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन् ।

भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहँदै आएका खरेलले राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार ०७:२६