सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामै ३ लाख ३७ हजार जनाले काेराेनाविरुद्धकाे खाेप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामै थप तीन लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

सरकारले दैनिक दुई लाख मात्रा खोप लगाउने अभियान चलाइरहेको छ । त्यही अभियान अन्तर्गत आज तीन लाख ३७ हजार एक सय ७२ जनाले काेराेनाविरुद्धकाे खोप लगाएका हुन् ।

हिजो बुधवार पनि दुई लाख ८७ हजार जनाले खोप लगाएका थिए । अहिलेसम्म ९० लाख ५८ हजार पाँच सय ८२ जनाले पूर्ण मात्रा र एक करोड आठ लाख ४६ हजारभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा थप दुई सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार चार सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव २३ प्रतिशत अर्थात् दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै थप तीन सय २९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख पाँच हजार नौ सय जना पुगेको छ ।

यही अवधिमा दुई जना सङ्क्रमितको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४९ पुगेको छ ।

अहिले नेपालमा ६ हजार एक सय पाँच जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार १७:५८