बाँके । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि बाँके जिल्लाबाट ७९ जना प्रतिनिधीले भाग लिने भएका छन् ।
बाँके निर्वाचन क्षेत्र १ बाट २६ जना, निर्वाचन क्षेत्र २ बाट २७ जना र निर्वाचन क्षेत्र ३ बाट २६ जना गरि कुल ७९ जनाले सहभागिता जनाउँदै छन् ।
महाधिवेशनका लागि भन्दै केही प्रतिनिधी यसअघि काठमाण्डौं पुगिसकेका र अधिकांश प्रतिनिधी आज काठमाण्डौं जाँदैछन् । केही प्रतिनिधीहरु भोली(शुक्रबार) विहान प्लेनबाट काठमाण्डौं जाने बुझिएको छ ।
यसैबीच, लुम्बिनी प्रदेशबाट काँग्रेसको १४ औं महाधिवेशनमा कुल ६८३ प्रतिनिधिले भाग लिने भएका छन् । यो संख्या बाँकेको ७९ जनासहितको हो ।
काँग्रेस निर्वाचन समितिका अनुसार गुल्मी र पाल्पाबाट ५३–५३ जना सहभागी हुने निश्चित भएको छ । यस्तै अर्घाखाँचीबाट २६, नवलपरासीबाट ५२ तथा रुपन्देहीका ५ निर्वाचन क्षेत्रबाट गरी कुल १३१ जना प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै कपिलवस्तुबाट ७७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने रुकुम पूर्वबाट २६, रोल्पाबाट २७, प्युठानबाट २७ जना प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै दाङबाट ७९ जना तथा बर्दियाबाट ५३ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । लुम्बिनी प्रदेशमा गएको प्रदेश निर्वाचनमा पौडेल समूह विजयी भएको थियो भने संस्थापन र इतर पक्षका प्रतिनिधिहरू बराबरी रहेको बताइन्छ ।
।