बाँके । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारमाथि अनाहकमा कुटपीट गरिएको छ । कुटपीटबाट अधिकृत खराल घाइते भएका छन् । तर, सरकारी कर्मचारीमाथि अनाहकमा कुटपीट गर्ने अराजक गिरोहलाई प्रहरीले नियनत्रणमा लिने प्रयास पनि गरेको देखिँदैन ।
प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपीट हुँदा यहाँको पालिकाका अध्यक्ष र उपाध्यक्षसहित बाँके प्रहरी मौन छ । शुक्रबार पिकनिक गएको बेला खजुराकै एक महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप खेपिरहेका प्रमुख प्रशासकीय अधिकृत खराललाई सोही आरोपमा कुटपीट गरिएको खुलेको छ ।
शुक्रबारको घटना भए करिब ६ दिनपछि बाहिर आउनुको कारण के हो ? यतिबेला आम नागरिकमा प्रश्न उब्जिएको छ । ‘यौन दुर्व्यवहार वा बलात्कारपछि पीडितले तत्काल रियाक्सन गर्नुपर्ने हो,’ खजुराका एक जानकारले भने ‘५÷६ दिनपछि घटना बाहिर ल्याउँदा यसमा कुनै न कुनै गडबढी वा पीडित भनिएका पक्षकै नियत खराब देखिएको छ ।’
उक्त घटना लुकाउनका लागि जनप्रतिनिधिदेखि पुलिस प्रशासनसमेत लागि परेको खुलेको छ । कुटपीटमा संलग्नको खोजी हुन सकेको छैन । स्थानीयहरुका अनुसार महिलामाथि यौन दुर्व्यवहार भए नभएको अनुसन्धान हुनुपर्छ र अनाहकमा सरकारी कर्मचारीमाथि कुटपीट गर्ने अराजक व्यक्तिको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्छ ।
गत शुक्रबार पिकनिक गएको बेला प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले दुर्व्यवहार गरेको पीडित पक्षले बताएका छन् । पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए । बुधबार सोही बिषयलाई लिएर गाउँपालिकाका युवाले गाउँपालिका कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।
यसैबीच, घटनाको विषयलाई लिएर स्थानीय तीन राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यौन दुर्व्यवहारको विषयलाई लिएर अराजक व्यक्तिहरुको जत्थाले गाउँपालिका परिसरमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतमाथि हातपात गरिएको विषयमा गम्भीर ध्यानकर्षण भएको जनाइएको छ ।
नेपाली काँग्रेस खजुराका सभापति रमेश सिँजाली, नेकपा एकीकृत समाजवादी खजुराका अध्यक्ष जीतबहादुर खत्री र नेकपा माओवादी केन्द्र खजुराका सचिव धनराम ओलीले विज्ञप्ती जारी गर्दै अराजक व्यक्तिहरुले कानुन हातमा लिँदै गाउँपालिका प्रमुखकै कार्यकक्षमा कर्मचारी कुटिँदासमेत गाउँपालिकाले कुनै प्रतिक्रिया नदिनुलाई गम्भीररुपमा लिइएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाका तर्फबाट कुनै पनि किसिमको प्रतिक्रिया नआउनु, स्थानीय युवाहरुले कुटपिट गरेको अवस्थामा समेत स्वयं कुटाई खाने कर्मचरी र अन्य कर्मचरीहरुमात्रै नभई सुरक्षामा खटिएका गार्डले समेत कुटपिट गर्ने व्यक्तिलाई चिनेका छैनौं भन्नु, सञ्चारकर्मीहरुलाई कुटपिटको समाचार नखेल्ने धम्की दिने कार्यको भत्र्सना गदर्छौं ।’
हेर्नुस् विज्ञप्ती :
।