रुपन्देही । प्रहरीले गैंडाको खागसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेका छन्।
उनीहरुलाई वुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
।