सूचनाको शक्ति - The Power Of Information

        

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुखाघोकीसहित ज्वरो आएपछि ओलीले बालकोटस्थित निवासमा आराम गरिरहेका छन् ।

ओलीले बिहीबार काठमाडौँको तीनकुनेमा रहेको रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्ने भनेका थिए । तर उनी अस्वस्थ भएका कारण आउन सकेनन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार १३:२६