सूचनाको शक्ति - The Power Of Information

        

बाजुरामा जिपको ठक्करबाट बालकको मृत्यु

बाजुरा । बाजुरामा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको हिमाली गाउँपालिका–६ धुलाचौरका दुई वर्षीय बालक अंकित रोकायाको मृत्यु भएको हो ।

बुढी नन्दा नगरपालिका–५ का ४० वर्षीय पेमा थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज ११६४ नम्बरको जिपले ठक्कर दिँदा रोकायाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार जिपको ठक्करबाट घाइते बालकलाई कोल्टी स्वास्थ्य चौकी लगिएको थियो । जिप चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार ०९:२७